काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा माओवादी केन्द्रसँग सहकार्य नगर्ने भएको छ। सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले रास्वपाले बलियो प्रतिपक्षको भूमिकामा पार्टीले निर्वाह गर्ने प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले माओवादी केन्द्रको विपक्षी दलहरूको मोर्चामा पार्टी सहभागी नहुने बताए।
‘अब हामी प्रतिपक्षमा रहन्छौं। प्रतिपक्षमा हुनु भनेको जनताको पक्षमा हुनु भनेका छौं। अहिलेको जसरी गठबन्धन बनेको छ यो लोकतन्त्रको पक्षमा छैन । त्यसैले हामी प्रतिपक्षको जिम्मेवार भूमिका निभाउँछौं,प्रतिपक्षको गठबन्धन बनाउँदैनौं।’ प्रमुख सचेतक परियारले भने,‘हामी सशक्त रुपमा जनताको पक्षमा आवाज उठाउँछौं । अन्य दलहरूसँग पनि कसरी प्रतिपक्षमा रहने भन्नेबारे छलफल भएको हो, हामी विपक्षी मोर्चा बनाउँदैनौं,त्यो कुनै गठबन्धन होइन।’
परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको बताए।


प्रतिक्रिया