मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्फ्यू लगाउँदा पनि रोकिएन बंगलादेशमा हिंस्रक प्रदर्शन, कम्तिमा ११० जनाको मृत्यु

कर्फ्यू लगाउँदा पनि रोकिएन बंगलादेशमा हिंस्रक प्रदर्शन, कम्तिमा ११० जनाको मृत्यु

न्यूजस्टोरी

काठमाडौँ । बंगलादेशमा जारी आरक्षणविरोधी प्रदर्शनका क्रममा हालसम्म कम्तिमा १ सय १० जनाको मृत्यु भएको छ । यसमध्ये दुई जना प्रहरी रहेका छन् । त्यस्तै जारी प्रदर्शनका क्रममा दर्जनौँ व्यक्तिहरू घाइते भएका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि बंगलादेशमा कर्फ्यू लगाइएको थियो । तर, कर्फ्यू लगाउँदा पनि आन्दोलन रोकिएको छैन । शनिबार पनि कर्फ्यूका बाबजुत हिंसात्मक प्रदर्शनहरू भएका थिए । शनिबार मात्र भएको प्रदर्शन र झडपमा परी कम्तिमा १० जनाको मृत्यु भएको थियो । त्यस्तै ९० जनाभन्दा बढी घाइते भएका छन् । यससँगै मंगलबारदेखि सुरु भएको हिंस्रक प्रदर्शनका कारण ११० जनाको मृत्यु भएको हो ।

प्रदर्शन उग्र बन्दै गएपछि शुक्रबार मध्यरातदेखि कर्फ्यू लगाइएको थियो । तर, शनिबार पनि प्रदर्शन भएपछि सरकारले कर्फ्यूमा थप कडाइ गरेको छ । आइतबार र सोमबारका लागि सार्वजनिक बिदाको घोषणा गरिएको छ । बंगलादेशमा आन्दोलन उग्र बन्दै गएपछि सरकारले नेपाली विद्यार्थीलाई सरकारले स्वदेश फर्काउन थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताएपछि नेपाली विद्यार्थीलाई काठमाडौं फर्काउन लागिएको जनाएका छन् ।

यसका साथै नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित परिवारबाटै अनलाइन फारम भर्न सकिने सूचना जारी गरेको छ । परराष्ट्रमन्त्री आरजु राणाले बंगलादेशबाट स्वदेश फर्किन चाहने विद्यार्थीलाई परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयन गरिरहेको जनाएकी छिन् । ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थललगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको मन्त्री राणाले बताएकी छिन् ।