काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । बडाललाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।
बडाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा सिफारिस गरेका थिए । यसपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । बडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै महान्यायाधिवक्ता थिए ।


प्रतिक्रिया