मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पदभार ग्रहण गर्दै  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने- अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन

पदभार ग्रहण गर्दै  स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने- अस्पतालहरूमा अब लाइन बस्नुपर्दैन

न्यूजस्टोरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उनले स्वास्थ्य मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री पौडेलले क्यान्सर रोगीहरूको उपचारका लागि एकरूपता कायम गर्ने गरी उपचार प्रणाली विकास गर्ने प्रतिबद्धता जनाए । उपचार सेवा प्रदान गर्नका लागि विशेष कार्यक्रमहरू ल्याउने पनि उनले घोषणा गरे ।

उनले भने,‘क्यान्सर रोगबाट धेरै नागरिकहरू पीडित भएको स्थिति छ । रोग लागेकाहरूलाई सुविधा दिने कुरा आफैमा जरुरी हो । त्यो सँगसँगै रोग लाग्न नदिनु अर्को जरुरी कुरा हो । क्यान्सर रोगको उपचारका लागि एकरूपता कायम गर्ने गरी हामीले त्यसको प्रणाली विकास गर्ने छौँ । र उपचार सेवा प्रदान गर्नका लागि हामीले विशेष कार्यक्रमहरू ल्याउने छौ । ’

उनले एक महिनाभित्र संघीय अस्पतालहरूमा लाइन बस्नु नपर्ने व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए । सो अवसरमा स्वास्थ्य सचिव रोशन पोखरेल म्याटरलाई बुझेर निर्णय गर्ने नवनियुक्त मन्त्रीको स्वभावलाई मन्त्रालयमा लागू गर्न पाए मन्त्रालयले प्रगति गर्नेमा आफू ढुक्क रहेको बताए । आगामी दिनमा देखिने गरेर परिवर्तनको अनुभूति मन्त्रालयले चाहेको र टिमवर्कबाट अघि बढ्न आफू तयार रहेको पनि बताए ।