मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोली

एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुँदै, शपथ भोली

न्यूजस्टोरी

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सरकार गठनका लागि तोकिएको समयसीमा सकिएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।ओलीले एमाले र कांग्रेसका १६६ सांसदको हस्ताक्षरसहित शुक्रबार दाबी पेस गरेका थिए । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेस गरेका थिए । नयाँ प्रधानमन्त्रीको शपथ भने भोली बिहान ११ बजे हुने जनाइएको छ ।