मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रात्रिबस सञ्चालनमा रोक लगाउन व्यवसायीसँग गृह मन्त्रालयमा छलफल

रात्रिबस सञ्चालनमा रोक लगाउन व्यवसायीसँग गृह मन्त्रालयमा छलफल

न्यूजस्टोरी

काठमाडौं । रात्रिबस सञ्चालनमा रोक लगाउने सम्बन्धमा गृह मन्त्रालयले यातायात व्यवसायीसँग छलफल शुरू गरेको छ । शुक्रबार बिहान दुई वटा बस त्रिशूलीमा खसेको प्रसंगलाई लिएर मन्त्रालयले अन्य दुर्घटनाको जोखिम न्यूनीकरणका लागि भन्दै रात्रिबस तत्कालका लागि बन्द गर्न व्यवसायीसँग छलफल गरेको हो ।

मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालका अनुसार व्यवसायीसँगको छलफलपछि एउटा निष्कर्षमा पुगिने छ । उनले लोकान्तरसँग भने, ‘लागातारको वर्षापछि हाम्रा राजमार्गहरूमा बाढीपहिरो बढ्न थाल्यो, यसले यात्रा थप जोखिमपूर्ण हुने देखिएपछि व्यवयायीसँग हामीले छलफल सुरु गरेका हौं ।’ शुक्रबार बिहान काठमाडौंबाट गौर जान लागेको र बिरगंजबाट काठमाडौं आउँदै गरेको दुई वटा बस चितवनको सिमलताल भन्ने ठाउँमा बेपत्ता भएका छन् ।

दुवै बसमागरि चालक र यात्रुसहित ५२ जना बेपत्ता छन् । अहिले त्रिशूलीमा सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरको माध्यमबाट बेपत्ता बस र यात्रुको खोजी गरिरहेका छन् ।