मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्योः प्रधानमन्त्री दाहाल

देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्योः प्रधानमन्त्री दाहाल

न्यूजस्टोरी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन्।

उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेला देशको अर्थतन्त्रको अवस्था र अहिले धेरै फरक भइसकेको बताए। उनले अर्थतन्त्रमा देखापरेको तरलता सङ्कुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजी बजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्र लगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकोलेसमष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए।

उनले गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकोमा यस वर्ष करिव दोब्बर ३.८७ प्रतिशत हुने अनुमान छ भने आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए। साथै, प्रधानमन्त्री दाहालले सरकारको सफलता नै सरकार ढाल्ने आधार बनेको बताएका छन्। आफूले भ्रष्टाचार गर्नेहरुसँग कुनै सम्झौता नगरी सुशासन स्थापित गर्ने काम गरेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्। ‘आज सरकारको सफलता नै सरकार ढाल्ने विडम्वनापूर्ण आधार बन्यो। हामीले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र मात्र भनेनौं, समाजवादउन्मुख राष्ट्र निर्माणको पनि संकल्प गर्यौं। यसको केन्द्रीय सिद्धान्त जनताको सम्प्रभुता हुनुपर्ने हो‍। बाँकी सबै जनताका सेवक हुनुपर्ने हो। तर, व्यवहारमा त्यो भए’ उनले भने।