मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

न्यूजस्टोरी

कानठमाडौं, २८ असार । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै हुनुहुन्छ। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उहाँले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि समझदारी भएपछि सरकारमा सहभागी एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएका थिए ।

त्यसपछि अल्पमतमा परेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आज विश्वासको मत लिन लाग्नुभएको हो । यसअघि चार पटकसम्म विश्वासको मत प्राप्त गर्न सफल प्रधानमन्त्रीले यस पटक भने विश्वासको मत नपाउने निश्चितजस्तै छ । कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।

विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उहाँ पदमुक्त हुनुहुनेछ र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ । माओवादी नेताहरूले विश्वासको मत पाउन नसके नयाँ सरकार गठनका लागि धारा ७६ को उपधारा ९३० को प्रक्रियामा जाने तर्क गर्दै आएका छन् । तर कांग्रेस र एमालेले संविधानको धारा ७६९२० बमोजिमकै सरकार बनाउने पहल गरेका छन् ।