मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हङकङमा कारागारभित्रै कैदीबीच कुटाकुट, १३ जना नियन्त्रणमा

हङकङमा कारागारभित्रै कैदीबीच कुटाकुट, १३ जना नियन्त्रणमा

न्यूजस्टोरी

काठमाडौं । हङकङ कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ। सुधार सेवा विभागले बुधबार जानकारी गराएअनुसार मंगलबार राति सवा एघार बजे स्टेनलीस्थित तुङताउ सुधार संस्थामा झगडा भएको हो।

झगडामा उत्रेका कैदीलाई सुधार संस्थाका अधिकारीले बारम्बार रोकिन आदेश दिँदा पनि अटेर गरेपछि पेपर स्प्रे प्रयोग गरी नियन्त्रणमा लिइएको थियो। अधिकारीले १३ जनालाई नियन्त्रणमा लिएको स्थानीय सञ्चारमाध्यममा उल्लेख छ।

झडपका कारण एक जनाको नाक र खुट्टामा चोट लागेको छ। उनलाई कारागारकै मेडिकल अफिसरले सामान्य उपचार गरेका थिए। उनीहरू लागूऔषध ओसारपसार, डकैती जस्ता कसुरमा थुनामा छन्। घटनाको अनुसन्धानका लागि प्रहरीलाई खबर गरिएको सुधार केन्द्रले जनाएको छ।