मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने

नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने

न्यूजस्टोरी

काठमाडौं, २६ असार । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मलेखु सडक आजदेखि १५ दिनसम्म रातमा पाँच घण्टा बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड)ले एक सूचना निकालेर नौबिसे–मलेखु सडक खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द गर्न लागिएको जनाएको छ ।

यो सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरा खोलाका पुलको संरचनामा काम गर्ने गरी आज रातिदेखि सडक बन्द गर्न लागिएको आयोजनाले जनाएको छ । सडक बन्द भएको बेलामा अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकायलगायतका गाडी भने चल्न सक्नेछन् ।

यो सडकको विकल्पमा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सकिने पनि आयोजनाले जनाएको छ ।