मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध

न्यूजस्टोरी

काठमाडौं, २६ असार । पहिरोका कारण मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भैरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीयबासीले पहिरो पन्छाउने प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बाग्लुङ र रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका गाडी दुदिलाभाटीमा रोकिएका छन् ।