मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो

कांग्रेसले लगायो मधेस प्रदेश सरकारमा पठाउने ४ जना मन्त्रीको नाम टुंगो

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसले मधेस प्रदेश सरकारमा पठाउन ४ जना मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेसले जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा ४ जना सांसदलाई सरकारमा पठाउन लागेको हो ।

कांग्रेसले सरकारमा क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशल किशोर रायलाई पठाउन लागेको सांसद क्षेत्रीले जानकारी दिए । सबै जिल्लाको प्रतिनिधित्व हुने गरी मन्त्रीहरूको छनौट भएको उनले बताए । उनका अनुसार कसलाई कुन मन्त्रालयमा पठाउने भने टुंगो लगाउन बाँकी रहेको छ ।

राज्यमन्त्रीको भने नाम टुंगो लगाउन नसकिएको र सहमतिको प्रयास जारी रहेको एक नेताले बताए । मुख्यमन्त्री सिंह नेतृत्वको सरकारमा कांग्रेसले भागमा ४ मन्त्री र २ राज्यमन्त्री पाएको छ ।