मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले

उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले

न्यूजस्टोरी

चितवन । नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एक पुरुष हामफालेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान भएको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ । ती पुरुषले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।