काठमाडौं । दुई दिनदेखि परेको अविरल वर्षाका कारण सात वटा प्रदेशका ४५ वटा सडक खण्डमा क्षति पुर्याएको छ ।प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आइतबार बिहान ११ बजेसम्मको अपडेट अनुसार अवरुद्ध सडकमध्ये केहीमात्रै एकतर्फी रुपमा सञ्चालनमा ल्याउन सकिएको छ ।
मुख्यालयका अनुसार ललितपुरसँग जोडिएको कान्ति लोकपथ सडक खण्ड अझै पूर्ण रुपमा अवरोध छ। कोशी प्रदेशसँगमुख्यालयका अनुसार बाढीका कारण सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा पर्ने दक्षिण कोशी र भोटेखोला गाउँपालिका–४ मा पर्ने कोशी राजमार्ग वर्षा भरि नै अवरुद्ध बन्ने छ । जोडिएको दक्षिण कोशी राजमार्ग र सुनसरीको चतरा बराह क्षेत्र भित्री सडक खण्ड पूर्ण रुपमा अवरोध छ ।
वागमति प्रदेश अन्तर्गतको स्याफ्रुवेशी थाम्बुचेत सडक खण्ड, चितवन इच्छाकामना गाउँपालिकासँग जोडिएको पृथ्वी राजमार्ग, मकवानपुरको भीमफेदी–काठमाडौं–हेटौंडा सडक, कान्ति लोकपथ र काभ्रेसँग जोडिएको बीपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
गण्डकी प्रदेश अन्तर्गत मनाङ, म्याग्दी, पर्वत, स्याङजा, तनहुँ, नवलपरासी पूर्व र बागलुङसँग जोडिएका सडक खण्डहरू क्रमशः चामे बेँसीशहर, वेनी–दरवाङ, वेनी–जोमसोम, मालढुंगा–बेनी, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग, कालीगण्डकी करिडोर र मध्यपहाडी लोक मार्गमध्ये मालढुंगा–बेनी र सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएका छन् भने बाँकी पूर्ण रुपमा अवरोध छ ।
त्यस्तै लुम्बिनी प्रदेश अन्तर्गत पर्ने प्युठान, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र दाङमा पर्ने सडक खण्डहरू क्रमशः स्याउलीवा बाम्दुला सडक, भालुवाङ दाङ–प्यूठान सडक, सिद्धार्थ राजमार्ग, तम्घास बुटवल सडक, कालीगण्डकी करिडोर, रिडी–बाग्लुङ सडक, मदन भण्डारी राजमार्ग, गोरुसिंगे–सन्धिखर्क सडक खण्ड, पाल्पा–अर्घाखाँची सडक, शहीद राजमार्ग र घोराही–तुल्सीपुर सडक खण्डमध्ये पाल्पासँग जोडिएको सिद्धार्थ राजमार्ग, तम्घास बुटवल सडक, कालीगण्डकी करिडोर सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
त्यस्तै दाङसँग जोडिएको घोराही–तुल्सीपुर सडक खण्ड पनि एकतर्फी रुपमा सञ्चालनमा आएका छन्। प्रहरी मुख्यालयका अनुसार कर्णाली प्रदेश अन्तर्गत पर्ने कालिकोटका तीन वटा सडक खण्डहरू क्रमशः शुभ कालिका गाउँपालिकामा र खाँडाचक्र गाउँपालिकासँग जोडिएका कर्णाली राजमार्ग पूर्ण रुपमा अवरोध छन् ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका चार वटा जिल्ला क्रमशः अछाम, बैतडी, डडेल्धुरा र बाजुरामा पर्ने चार वटा सडक खण्डहरू साँफे–मार्तडी सडक खण्ड, जय पृथ्वी राजमार्ग, बझाङ–खोड्पे बैतडी सडक, भीमदत्त राजमार्ग मध्ये दुई वटा मात्रै एकतर्फी सञ्चालनमा छन् ।


प्रतिक्रिया