मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तनहुँमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव फेला

तनहुँमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव फेला

न्यूजस्टोरी

तनहुँ । तनहुँमा पहिरोमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। शनिबार दिउँसो सवा ३ बजे शुक्लागण्डकी नगरपालिका-७ काउरेमा हिरा नेपाली र सुनमाया कुमालको घरमा पहिरो खसेको थियो। पहिरो खसेपछि सामान निकाल्न जाने क्रममा तीन जना बेपत्ता भएका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराका अनुसार एक जनाको शव शनिबार नै फेला परेको थियो। आइतबार बिहान थप दुई जनाको शव फेला परेको हो। एसपी बोहोराका अनुसार ४० वर्षीय हिरा नेपालीको शव शनिबार नै फेला परेको थियो।

खोजीका लागि आइतबार बिहान साढे ६ बजे प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा १० जनाको टोली खटिएको थियो।
त्यस्तै नेपाल प्रहरी विपद सुरक्षा गण बेलचौतराबाट प्रहरी निरीक्षक राजुप्रसाद कुर्मीको कमाण्डमा २८ जनाको टोली खटिएको थियो। उक्त टोलीले बिहान ८ बजे ६५ वर्षीय श्याम भण्डारीको शव निकालेको हो। त्यस्तै पौने ९ बजेतिर ३७ वर्षीया अनिशा बास्तोलाको शव निकालिएको एसपी बोहोराले बताए।

तीनै जनाको शव जिपी कोइराला श्वासप्रस्वास उपचार केन्द्रमा राखिएको छ। प्रहरीको टोली फर्किसकेका छन्।
त्यही पहिरोमा परी चार जना घाइते समेत भएका थिए। चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।