मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश प्रदेशका ६ मन्त्री बर्खास्त

मधेश प्रदेशका ६ मन्त्री बर्खास्त

न्यूजस्टोरी

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएसँगै मधेश सरकारमा सहभागी अन्य पार्टीका मन्त्रीलाई बर्खास्त गरिएको हो। सत्ता समीमरकण फेरिएकाले चार पार्टीका मन्त्रीलाई हटाएको मुख्यमन्त्री सिंहले बताए।

मुख्यमन्त्री सिंहले नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, संघीय समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीलाई हटाएका हुन्। माओवादीबाट भरतप्रसाद साह अर्थमन्त्री र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री थिए।

त्यस्तै, एकीकृत समाजवादीबाट गोबिन्दबहादुर न्यौपाने कृषि तथा सहकारीमन्त्री र बेची लुङ्गेली उर्जा, सिंचाई तथा खानेपानीमन्त्री थिए। नागरिक उन्मुक्तिबाट उर्मिलादेवी सिंह श्रम तथा यातायातमन्त्री र संघीय समाजवादी पार्टीबाट विमला अन्सारी गृह, सञ्‍चार तथा कानूनमन्त्री थिए।

उनीहरूको ठाउँमा कांग्रेस र एमालेबाट मन्त्री बनाइने मुख्यमन्त्री सिंहले बताए। मुख्यमन्त्री सिंहले आज प्रदेश सभामा विश्वासको मत लिँदै छन्।