मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धार्थ राजमार्गमा पहिरो- बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गमा पहिरो- बुटवल पाल्पा सडक खण्ड अवरुद्ध

न्यूजस्टोरी

बुटवल, २२ असार । रातीदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्नी नजिकै पहिरो खसेपछी सडक अवरुद्ध भएको हो ।

यस्तै तानसेन-तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । सडकमा खसेको पहिरोको कारण दुवै सडक खण्ड शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि बुटवल पाल्पाबाट जाने र पाल्पाबाट बुटवलतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएको छ । यस्तै तानसेनबाट तम्घासतर्फ र गुल्मीबाट पाल्पातर्फ आउने सवारीसाधनसमेत रोकिएको श्रेष्ठले जानकारी दिए ।अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । तर, लगातार वर्षा भै राखेको कारण पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ । कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।