मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

न्यूजस्टोरी

काठमाडौं, २० असार । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ ।

काठमाण्डौमा चलिरहेको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दोहोर्‍याएको हो । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दोहोरिनुभएको छ ।

अन्य पदाधिकारीको टुङ्गो भोलि बिहानसम्ममा टुङ्गो लाग्न सक्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।