काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नुपर्ने माग राख्दै परेको मुद्दाको सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भएको हो । सुनुवाइ सकिएसँगै मुद्दाको फैसला आजै साँझसम्म सुनाउने तयारी गरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । ुसुनुवाइ सकियो, अब आदेशको तयारी भइरहेको छ । पाँच, साढे पाँच बजेसम्म आदेश आउँछु, उनले भने ।
२४ फागुनमा महान्यायाधिवक्ताको कार्यालयले गृहमन्त्री लामिछानेविरुद्ध कतै उजुरी, अभियोजन नपरेको भनी दिएको पत्रको वैधतामाथि प्रश्न उठाउँदै अधिवक्ता अनुपम भट्टराई र अतुल विष्टले सर्वोच्च अदालतमा रिट दिएका थिए । रिटमा लामिछानेलाई गृहमन्त्रीबाट मुक्त गर्न माग गरिएको छ । मुद्दामा महान्यायाधिवक्ता दीनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।


प्रतिक्रिया