मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीरगंज १७ अलौमा ४०लाख रुपैयाको लागतमा सडक ढलान कार्य शुरु , छत्कुलीले गरे शुभारम्भ

बीरगंज १७ अलौमा ४०लाख रुपैयाको लागतमा सडक ढलान कार्य शुरु , छत्कुलीले गरे शुभारम्भ

न्यूजस्टोरी

शेखर छत्कुली, बीरगंज। महानगरपालिकाको वडा नं १७ स्थित कोनियाटोलमा बाटो ढलान शुरु भएको छ । बीरगंज माहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष संजु छत्कुलीले आज बाटो ढलान कार्यको पुजाआजा गरी शुभारम्भ गर्नुभएको छ । वडा अध्यक्ष छत्कुलीले बिधिपूर्वक पूजापाठ गरेर सडक ढलान कार्य शुभारम्भ गर्नुभएको हो । आलौका नागरिकको बिकासको अपेक्षालाई पुरा गर्न दिन रात क्रियाशिल रहनुभएका वडाध्यक्ष छत्कुलीले मधेश प्रदेशका प्रदेश सभाका सदस्य एवम पूर्व बन मंत्री रमेश कुर्मीको सहयोगमा बाटो ढलानको काम शुरु गर्नुभएको हो । प्रदेश सभा सदस्य कुर्मीको पहलमा प्रदेश सरकारबाट सो ढलानको लागि ४० लाख रुपैया बजेट ब्यवस्था भएको हो । कुल ४० लाखको लागतमा सडक ढलान हुने वडा अध्यक्ष संजु छत्कुलीले बताउनु भयो । यस अघिनै वडा नं १७ को अलौ बजार देखी द्वार देवी माईको मन्दिर पछाडी सम्मकाृ सडकको ढलान कार्य समपन्न भएको छ । त्यस्तै अलौको बजारटोल देखी बरमबाबा दक्षीणको रामटोल सम्म सडकमा माटो भर्ने ग्राभेल हाल्ने सडक ढलानको काम समेत सम्पन्न भएको छत्कुलीले बताउनु भयो । वडा अध्यक्ष छत्कुलीले प्रदेश सरकारसंग वडाका बिकासका लागि बिभिन्न योजनाहरुको बारेमा छलफल समेत गरेको बताउनु भयो । प्रदेश सरकारका मंत्री तथा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले आलौको बिकासमा सरकारले योगदान गर्ने बचन दिएको छत्कुलीले जानकारि दिनु भयो।