मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनसुन विशेष बुलेटिन : शुक्रबारदेखि देशभर बदली, केही ठाउँमा भारी वर्षा

मनसुन विशेष बुलेटिन : शुक्रबारदेखि देशभर बदली, केही ठाउँमा भारी वर्षा

न्यूजस्टोरी

काठमाडौँ । भोलि शुक्रवारदेखि मनसुन थप सक्रिय भई देशभर बदली हुने र ठाउँठाउँमा भारी र अति भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज एक विशेष बुलेटिन जारी गरी सो जानकारी दिएको छ। अबको केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० रहने देखिएकाले नेपालमा मनसुन थप सक्रिय हुन लागेको हो।

महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले देशैभरी बदली भई केही ठाउँमा भारी र केही ठाउँमा अति भारी वर्षा हुने अनुमान गरिएको बताइन्। यो क्रम असार १६ गते आइतबारसम्मै रहने छ।

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र कर्णाली प्रदेशका १र२ स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको १/२ स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ।

जसका कारण पहाडमा भू–क्षय, पहिरो तथा गेग्रानको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाइएको छ।