कैलाली । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् ।
घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा १० वर्षीया खिमा कठायत, नौ वर्षीया सरस्वती भुल र सात वर्षीया पारु कठायत रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर विष्टले जानकारी दिए ।
‘मोहन्याल आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरूलाई चट्याङ लागेको रहेछ, उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनैजना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन बाँकी छ,’ विष्टले भने ।


प्रतिक्रिया