मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री सतिशकुमार सिंहले गराए प्रादेशिक अस्पतालमा शल्यक्रिया 

मुख्यमन्त्री सतिशकुमार सिंहले गराए प्रादेशिक अस्पतालमा शल्यक्रिया 

न्यूजस्टोरी

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टाउकामा भएका सिस्टको शल्यक्रिया प्रदेश सरकार मातहतमा रहेको मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा गराएका छन् । जनकपुरधाममा निजी क्षेत्रका सुविधासम्पन्न अस्पताल हुँदाहुँदै पनि उनले सरकारी अस्पतालमा शल्यक्रिया गराएका हुन् ।

मुख्यमन्त्री सिंह प्रतिष्ठानका कुलपति समेत हुन् । मुख्यमन्त्री सिंहको टाउकामा भएको सिस्टको शल्यक्रिया करिब १५ मिनेटसम्म भएको र त्यसपछि उनी सामान्य अवस्थामा कामकाजमा फर्किसकेको शल्यक्रियामा संलग्न सर्जन डा। अश्विनी यादवले बताए । शल्यक्रियामा उनीलगायत अर्का सर्जन डा।राकेश पण्डित, एनेस्थेस्टिक डा। सञ्जय यादव र डा। सन्दीप शर्मालगायतको समूह संलग्न थियो ।

शल्यक्रियाअघि मुख्यमन्त्री सिंहले अस्पतालका विभिन्न सेवा निरीक्षण गरेका थिए । निरीक्षणपछि उनले अस्पतालमा थप पूर्वाधार विकास, जनशक्ति र सरसफाइ व्यवस्थापन आवश्यक रहेको भन्दै ती कामका लागि प्रदेश सरकारले अग्रसरता लिने बताए । निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहलाई अस्पतालको वस्तुस्थितिबारे प्रतिष्ठानका उपकुलपति डा।अंकुर साह र रजिस्ट्रार डा।विनोदकुमार यादवलगायतले जानकारी गराएका थिए ।