मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ खर्बको आयात हुँदा एक खर्ब मात्रै भयो वस्तु निर्यात

१४ खर्बको आयात हुँदा एक खर्ब मात्रै भयो वस्तु निर्यात

न्यूजस्टोरी

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा करिब १३ खर्ब रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले जेठसम्म नोपलको व्यापारघाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको देखाएको हो ।

नेपालले गत वर्षको सोही अवधिमा व्यापारघाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ रुपैयाँ थियो । जुन गत वर्षको तुलनामा यो वर्ष १.७२ प्रतिशत घटेको विभागले जानकारी दिएको छ ।

नेपालले ११ महिनाको अवधिमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जसमा गत वर्षको तुलनामा यो वर्ष ३.०१ प्रतिशतले निर्यात घटेको हो । गत वर्षको सोही अवधिमा नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

यस्तै, नेपालले जेठसम्ममा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको उक्त अवधिमा नेपालले १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । आयात गत वर्षको तुलनामा १.८४ प्रतिशतले आयात घटेको पनि विभागले बताएको छ ।

नेपालले १४ खर्बको आयात गर्दा सरकारले ३ खर्ब ८४ अर्ब ४७ करोड ७९ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको पनि विभागले जानकारी दिएको छ ।