मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत नियुक्ति मुख्य एजेण्डा

मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत नियुक्ति मुख्य एजेण्डा

न्यूजस्टोरी

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो ४ बजे बस्ने छ ।

हिजो नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । आजको बैठकले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत नियुक्ति गर्ने एक मन्त्रीले बताए । सत्तारुढ प्रमुख तीन दलको हिजो बसेको बैठकले राजदूतको भागबन्डा मिलाइसकेको छ ।

दलीय सहमति जुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत नियुक्त गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । दलीय सहमति अनुसार एमालेले आठ देशको राजदूत पाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति भएको नेताहरुले बताएका छन् ।

यसअघि सरकारले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो । सोही स्थानमा सरकारले नयाँ राजदूत पठाउन लागेको हो ।