काठमाडौँ । टी-ट्वान्टी विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केका छ । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम गए राति र आज बिहान गरेर दुई समूहमा स्वदेश फर्किएका हुन् । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समुह राति १ बजे र अर्को समूह बिहान ११ बजे स्वदेश आइपुगेका छन्।
विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन। दक्षिण अफ्रिकाविरुद्ध नेपालले बेहोरेको एक रनको हार भने चर्चाको विषय बनेको थियो । नेपाल आफ्नो इतिहासमै दोस्रो पटक टी२० विश्वकपमा सहभागी बनेको थियो ।














प्रतिक्रिया