मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

न्यूजस्टोरी

काठमाण्डौ । देशका पूर्वी क्षेत्रमा मनसुनको प्रभाव छ । मनसुनी प्रणालीको प्रभावकै कारण आज कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशीका केही ठाउँमा ठूलो वर्षा तथा कोशीसहित मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ ।

अहिले पनि कोशी, बाग्मती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी प्रदेशमा मनसुनको प्रभावले हिजो पनि मोरङ, सुनसरी, इलामलगायतका जिल्लाका केही ठाउँमा पानी परेको थियो । त्यस्तै गएराति काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भयो ।

पूर्व र मधेशका केही ठाउँ बाहेक देशको अरु भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । मौसमविद् महर्जनकाअनुसार देशभर मनसुनको प्रभाव देखिन अझै केही दिन लाग्नेछ ।

आज दिउँसो कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । मौसमविद्ले ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका छन् ।