धनगढी । तातो हावा चलिरहेकोले । सामान्यतः सवारी साधनको चाप भइरहने धनगढीका सडकहरुमा फाट्टफुट्ट मात्रामा सवारी साधन चलेका देखिन्छन् । धनगढीमा जेठ १७ गतेको तापक्रम २९ वर्षपछिकै उच्च भएको मापन भएको थियो ।
त्यस दिनको तापक्रम ४४.१ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयले जनाएको थियो । जेठ महिनाको सुरुदेखि नै धनगढीमा अत्यधिक गर्मी छ । दिउँसोको समयमा तातो हावा चल्ने भएकाले अत्यावश्यक कामबाहेक सर्वसाधारणहरु घरबाहिर निस्कँदैनन् । हुन पनि सन् १९९५ को जून १६ तारिखमा धनगढीको तापक्रम ४६.४ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि यही वर्ष गर्मी बढेको हो ।
जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली वेसिन फिल्ड कार्यालयका अनुसार मंगलबार सवा २ बजेको मापनमा धनगढीको तापक्रम ४३.१ डिग्री सेल्सियस रहेको छ ।


प्रतिक्रिया