मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘भ्रष्टाचार विरोधी अभियन्ता हुँ’ भन्ने चार जना ठगीको आरोपमा पक्राउ

‘भ्रष्टाचार विरोधी अभियन्ता हुँ’ भन्ने चार जना ठगीको आरोपमा पक्राउ

न्यूजस्टोरी

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता हुँ भनेर गैरकानुनी रूपमा संस्था खोलेर ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवं भ्रष्टाचार विरूद्ध अभियान २०८० नामकको संस्था गैरकानुनी रूपमा खोलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्। उनीहरूले संस्था विभिन्न वडाहरूमा खोलेर शाखासमेत विस्तार गरेको प्रहरीको आरोप छ।