मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

उद्योग नविकरणको माग गर्दै क्रसर व्यवसायीले गरे काठमाडौंमा प्रदर्शन

न्यूजस्टोरी

काठमाडौं । क्रसर उद्योग नविकरणको माग राख्दै क्रसर व्यवसायीहरूले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नविकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले दुरीसम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रिपरिषद्को ढुङ्गा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नविकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरको माग छ ।