मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रोत्साहन भत्ता माग गर्दै चौथो दिन पनि संसदका कर्मचारीको धर्ना

प्रोत्साहन भत्ता माग गर्दै चौथो दिन पनि संसदका कर्मचारीको धर्ना

न्यूजस्टोरी

काठमाडौं । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीहरूले आज चौथो दिन पनि धर्ना जारी राखेका छन्। उनीहरूले कालो पट्टी बाँधेर संसद् परिसरमै आज धर्ना दिएका हुन् ।

जेठ ३२ गतेदेखि प्रोत्साहन भत्ता नपाएकोलगायत ११ बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए। यसअघि देखि नै आन्दोलनरत कर्मचारीको यो दोस्रो चरणको आन्दोलन हो।

असार ७ गतेसम्म माग सुनुवाइ नभए त्यसपछि तेस्रो चरणको आन्दोलन थाल्ने उनीहरूले घोषणा गरेका छन् ।