काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउत न्याय परिषद्को सदस्य नियुक्त भएका छन् । परिषद् सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा। आनन्दमोहन भट्टराईको एक असारमा उमेरहदका कारण अनिवार्य अवकाश भएपछि राउत डा।भट्टराईको ठाँउमा नियुक्त भएका हुन् ।
राउतलाई परिषद् अध्यक्ष प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार (आज) परिषद् सदस्य नियुक्त गरेका हुन् । २०७३ साल साउनमा सर्वोच्चको न्यायाधीशमा नियुक्त भएका राउत प्रधानन्यायाधीश बन्ने लाइनमा छन् । वर्तमान प्रधानन्यायाधीश श्रेष्ठले १९ असोजमा उमेर हदका कारण अनिवार्य अवकाश लिएपछि राउत २० असोजमा प्रधानन्यायाधीश बन्ने छन् ।राउत करिब १८ महिना सर्वोच्चको प्रधानन्यायाधीश हने छन् ।
वकालत पेशाबाट न्यायाधीश बनेका राउत अधिवक्ता हुँदा सर्वोच्च बार एसोसिएसनको अध्यक्ष भएर पनि काम गरेका थिए । राउत वरिष्ठ अधिवक्ता भएर पनि काम गरेका थिए । उनीसँग न्यायसम्बन्धी विभिन्न समितिहरूमा बसेर काम गरेको अनुभव पनि छ ।
उनले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक तह पास गरेका छन् । उनको दक्षता सिभिल, क्रिमिनल र संवैधानिक विषयमा छ ।


प्रतिक्रिया