काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का अध्यक्ष तुलाराम लुइँटेलसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार वडा कार्यालयबाट वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता बापतको रकमको अपचलन भएको उजुरी आयोगमा परेको थियो । आयोगले वडाध्यक्ष लुइँटेलविरुद्ध १ लाख ६० हजार, रतुवामाईका तत्कालीन वडा सचिव कल्पना बास्कोटाविरुद्ध १ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरेको छ । यस्तै, रतुवामाई नगरपालिका वडा नम्बर ६ का मेगदीप पोखरेल र तारादेवी पोखरेलविरुद्ध १ लाख ४४ हजार तथा रतुवामाई( ६ की भक्तकुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो कायम गरिएको आयोगले जनाएको छ ।
यस्तै इलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र तत्कालीन नायब सुब्बा ९नासु० रमेश कोइरालाविरुद्ध गलत लिखतसम्बन्धी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम कैद र जरिवानाको सजायको मागदाबी आयोगले गरेको छ ।


प्रतिक्रिया