मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री

अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला छ : गृहमन्त्री

न्यूजस्टोरी

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने बताएका छन् ।आफ्नो कार्यकाल १०० दिन पूरा भएको अवसरमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

“अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुनेछ,” गृहमन्त्री लामिछानेले भने, “अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।” यस्तै अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने भएको छ । मन्त्रालयअन्तर्गतका निकायमा क्यूआर कोड राखिने र त्यो स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू गृहमन्त्रीकहाँ पुर्‍याउन सकिने व्यवस्था गरिने छ ।