मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

स्वास्थ्यमन्त्री यादव भन्छन्- स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर छ

न्यूजस्टोरी

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताएका छन् ।चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने बताए । अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्त्यन्तै पठाउने बताए ।

मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताए । ‘स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छौं । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना बनाउने छौं,’ उनले भने ।