मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजबाट २९ लाख मुल्य वराबरको क्रिम र मुगको दाल बरामद

वीरगंजबाट २९ लाख मुल्य वराबरको क्रिम र मुगको दाल बरामद

न्यूजस्टोरी

शेखर छतकुली
वीरगंज, ३० जेठ । सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंज भन्सारले एक घरमा छापामारी करिव २९ लाख रुपैयाँ वराबरको क्रिम र मुगको दाल बरामद गरेको छ ।
सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगँज भन्सारले मँगलवार राती करिव १२ बजे बिरगंज महानगरपालिका वडा नम्वर १९ बरवा टोलमा रहेको एक घरमा छापा मारेर अवैध रुपमा भन्डारण गरी राखेको १ सय २० वोरा मुँगको दाल र १६ बोरा लेक मी क्रिम बरामद गरेको हो ।
सशस्त्र प्रहरी वल प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगँज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालको नेतृत्वमा खटिगएको टोलीले विशेष सुचनाका आधारमा ताला लगाएको घरमा सामान भित्र रहेको अवस्थामा स्थानीय जनप्रतिनिधिको रोहवरमा ताल्चा खोली २२ लाख ६५ हजार ६ सय रुपैयाँ वराबरको लेकमी ब्रान्डका क्रिम र ६ लाख मुल्य बराबरको १ सय २० बोरा मुँगको दाल बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।
सशस्त्र प्रहरीले छापामारी नियन्त्रणमा लिएको क्रिम र मुँगको दाल अवैध रुपमा भन्सार छलेर लुकाई छिपाइ राखेको आफुहरुले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक सुरज रिजालले बताउनुभयो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको लेक मी क्रिम भण्डारण गरेको घरमा घरबेटी काजी चौरसियाले ताला खोलिदिएका थिए भने मुँगको दाल भण्डारण गरेर राखेको घरमा घरबेटीले साचो नदिएपछी सशस्त्र प्रहरी को टोलीले ढोका फुटाएर सामान नियन्त्रणमा लिएका थिए।