मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बहुप्रतिक्षित खेलमा भारतसँग पाकिस्तान पराजित

बहुप्रतिक्षित खेलमा भारतसँग पाकिस्तान पराजित

न्यूजस्टोरी


आइसिसी ट्वान्टी–२० विश्वकपको बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ।

आइतबार राति सम्पन्न खेलमा भारत ६ रनले विजयी भएको हो। समूह ए मा रहेको भारतले दुई खेलबाट चार अंक जोडेको छ। समान खेल खेलेको पाकिस्तान अंकविहीन छ।भारतले दिएको १२० रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११३ रन मात्रै बनायो।

पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए। इमाद वसिम १५ रनमा आउट हुँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३ रन बनाए।

भारतका जसप्रीत बुमराहले सर्वाधिक तीन विकेट लिए। त्यसअघि नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो।

भारतका ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए। अक्षर पटेल २० र कप्तान रोहित शर्मा १३ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

हारिस रउफ र नसिम शाहले समान तीन विकेट लिए। मोहम्मद आमिरले दुई र शाहिन शाह अफ्रिदीको नाममा एक विकेट रह्यो।