मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी नगरपालिकामा परीक्षणका रूपमा हाइब्रिड मकैको बीउ उत्पादन

भेरी नगरपालिकामा परीक्षणका रूपमा हाइब्रिड मकैको बीउ उत्पादन

न्यूजस्टोरी

जाजरकोट, २७ जेठ । भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन शुरु गरेको छ । यसअघि पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।

भेरी नगरपालिका– २ आरुखेत रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण शुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले किसानलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा लैजाने गरेको उहाँले जानकारी दिनुभयो । भेरी नगरपालिकाबाट उन्नतजातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको कामसमेत भइरहेको उहाँले बताउनुभयो । हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती, मनकामना–३ जातको– भेरी नगरपालिका–७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउँदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका–३ होलुज्यूलामा १० हेक्टरमा लगाउँदै आएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ, प्याज, रायो, मुला, केराउ र सिमी लगायतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका–२ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो ।