चितवन, २६ जेठ ।पूर्वी चितवनको रत्ननगरमा शुक्रबार सडक सुरक्षा र सवारी साधनको यन्त्रिक परीक्षण गरिएको छ । रत्ननगर नगरपालिका र रत्नप्रिय क्लवको संयूक्त आयोजनामा सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुगने हेतुले सचेतनामुलक रयाली, ट्राफिक चिन्ह अंकित पर्चा वितरण र सवारी साधनको यन्त्रिक परीक्षण गरिएको क्लवका अध्यक्ष वसन्त रानाले जानकारी दिनुभयो । रत्ननगर स्थित बकुलहरचोक चोकमा कार्यक्रमको उद्घाटन गरी टाँडी, सोराहाचोक लगायतका चोकहरुमा पर्चा वितरण गरिएको थियो ।
कार्यक्रमको रत्ननगरका मेयर प्रलाद सापकोटाले ढुंगामा कुदिएका ट्राफिक चिन्ह, वातावरण संरक्षण र पर्यटन विकास सम्बन्धी सोलोगनको साथमा उदघाटन गर्नुभएको थियो । कार्यक्रम अन्तर्गत ३० वटा सवारी साधनको यन्त्रिक परीक्षण गरिएको अध्यक्ष रानाले जानकारी दिनुभयो । सवारी साधन चलाउदा लापरवाहीकै कारण कयौंले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्रमुख सापकोटाले दुर्घटना न्यूनीकरणमा समुदाय केन्द्रीत सचेतना आवश्यक रहेको समेत उल्लेख गर्नुभयो ।
राजमार्ग सुरक्षा तथा रामनगर ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मोहन खाँडले राजमार्गमा हुने दुर्घटना चालकको लापरबाहीको कारण हुने गरेको बताउनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका स्थानीय वासिन्दाको पनि उल्लेख्य सहभागिता रहेको थियो ।


प्रतिक्रिया