काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन०लाई काम गर्न दिन आग्रह गरेको छ। प्रतिनिधि सभाको बैठकमा सांसद कान्तिका सेजुवालले बालेनलाई काम गर्न दिन सभामुखमार्फत रुलिङको माग गरेकी हुन्।
काठमाडौं महानगर र संघीय सरकारबीच न्यूरोडमा विवाद देखिएको भन्दै उनले न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो भन्दै प्रश्न गरिन्।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कि त हामी खारेज गरौं, हैन भने बालेनलाई काम गर्न किन नदिने रु’ सेजुवालले भनिन्,‘त्यो न्यूरोडदेखि लिएर बसन्तपुर, इन्द्रचोक,ठमेलमा किन गाडि गुड्ने शहर चाहियो, किन रोड चाहियो रु फराकिलो गर्नलाई, फुटपाथका व्यापारी, श्रमजीवीलाई काम गर्न नदिने रु मजदूर हिँड्न नदिने रु बालेनको जुन उद्देश्य र भिजनलाई, कामलाई हामी समर्थन गर्छौ। म समर्थन गर्छु।’
उनले संघीय सरकारको पैसा बढी भए कर्णालीमा सडक बनाउन लगाउन आग्रह गरिन्। काठमाडौं महानगरसँग स्रोत साधन भएकाले काम गर्न दिनुपर्ने धारणा राखिन्।


प्रतिक्रिया