मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

प्रधानमन्त्री मोदीले दिए राष्ट्रपतिसमक्ष राजीनामा

न्यूजस्टोरी

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका छन् ।

उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गका छन् । मोदी मन्त्रिपरिषद्को अन्तिम बैठक बिहान ११ः३० बजे बसेको थियो । जसमा सरकारले तेस्रो पटक विजयी भएकोमा धन्यवाद प्रस्ताव पारित गरेको छ । बैठकमा १७ औं लोकसभा विघटन गर्न सिफारिस गरिएको थियो । त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका थिए । मोदीले जुन ८ मा तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिन सक्नेछन् । एकताका लागि सबै एनडीए सांसदहरूबाट हस्ताक्षरहरू प्राप्त गरिएको छ ।

जेडीयूका प्रवक्ता केसी त्यागीले जुन ७ मा संसदको सेन्ट्रल हलमा एनडीएका सबै सांसदहरूको बैठक हुने बताए । लोकसभा चुनावमा बीजेपीले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो ।