काठमाडौं । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवा सुवासचन्द्र नेम्वाङलाई श्रद्धाञ्जली दिनुभएको छ । मङ्गलबार पहिलोपटक प्रतिनिधि सभाको रोस्ट्रममा उभिन पुग्नुभएका सुहाङले पूर्वसंविधानसभा अध्यक्षसमेत रहेका बुवा नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
नेम्वाङ लोकतन्त्रका अटल हिमायती भएको भन्दै उहांले भन्नुभयो, “उहाँले विचारका विविधता र स्वस्थ प्रतिस्पर्धामा सधैँ विश्वास राख्नुहुन्थ्यो । म पनि उहाँले दिनुभएको यही ज्ञानलाई लिएर अगाडि बढ्न चाहन्छु ।”
यस्तै उहांले नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनुभयो । “मेरो हात समाएर अब युवा पुस्ता तयार हनुपर्छ भनेर इलामेली जनताको बीचमा पुर्याउनुहुने पार्टी अध्यक्षज्यूलाई धन्यवाद भन्न चाहन्छु,” उहांले भन्नुभयो ।दसुहाङ गत वैशाख १५ गते भएको उपनिर्वाचनमा इलाम २ बाट निर्वाचित सांसद हुन् । बुवा नेम्वाङको निधनपछि पार्टीले सुहाङलाई अगाडि बढाएको हो ।


प्रतिक्रिया