मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते

सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते

न्यूजस्टोरी

काठमाण्डाै । सिन्धुलीमा निर्माणाधीन पुलको फर्मा भत्किँदा चार जना घाइते भएका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ७ क्यानखोला क्वाटरमा निर्माण भइरहेको गाडी चल्ने पक्की पुलमा काम गर्ने क्रममा पुलको फर्मा पल्टिएर चार जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा पर्साका मनोज महतो, विनोद महतो र अमलदेव महतो तथा सिन्धुलीको हरिहरपुरगढीका मदन घलान रहेका छन् । उनीहरूलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।