मकवानपुर । कान्तिलोकपथ सकड यही जेठ २५ गतेदेखि पूर्णरूपमा खुला हुने भएको छ ।
मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत वैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरूपमा सञ्चालनमा आउने भएको बताउन्भयो ।,उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले बताउन्भयो ।
ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भाँसिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरूपमा बन्द भएको थियो ।


प्रतिक्रिया