मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

काठमाण्डौ महानगरले भत्काएको बाटो सडक डिभिजन कार्यालयले टाल्यो

न्यूजस्टोरी

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भन्दै न्यूराेडमा भत्काएको बाटो सडक डिभिजन कार्यालय काठमाण्डौले टालेको छ ।

आज बिहान सडक डिभिजन कार्यालयले काठमाण्डाै महानगरले न्यूरोडमा भत्काएको सडकको भाग टालेको हो । भत्काएको सडक टालिदिन महानगरलाई पत्र पठाएको भए पनि बेवास्ता गरेपछि आफैँले टालेको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयले कालाेपत्र गर्दै गरेको ठाउँमा नगर प्रहरी पुगेपछि केहीबेर विवादसमेत भएको थियो ।

यसअघि सडक डिभिजन कार्यालयले महानगरलाई भत्काएको सडक दुई दिनभित्र नटाले कारबाही गर्ने चेतावनीसहित पत्र पठाएको थियो । सडक डिभिजनले सडक टाल्न थालेपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत आपत्ति जनाउनुभएको छ । उहाँले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणसँग जोडेर आक्रोश व्यक्त गर्नुभएको छ ।

यसअघि फुटपाथ विस्तार रोकिदिएपछि काठमाण्डौ महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाण्डाैबाहिरको सडकमा धूलो थुपारिदिएको थियो । त्यस बेला मेयर शाहले चक्रपथको प्रसङ्ग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठमाथि प्रश्न उठाउनुभएको थियो ।