काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जान भिसा प्रवेशाज्ञा० नदिइएकोबारे राप्रपा संसदी(य दलका) सचेतक ज्ञानेन्द्र शाहीले आपत्ति जनाएका छन् । सन्दीपले भिसा नपाउनु देशमाथिको अपमान भएको शाहीको आरोप छ ।
आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा शाहीले सन्दीपलाई भिसा नदिइएको भन्दै विरोध जनाएका हुन् ।‘उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गर्छ, क्यान र आईसीसीले स्वीकृत गर्छ । तर खेलाडीको भिसा लाग्दैन,’ उनले संसदभित्र प्रश्न गरे, ‘त्यही देशको प्रधानमन्त्री र मन्त्रीलाई झण्डा हल्लाएर हिड्न लाज लाग्दैन ?’
अमेरिकाले सन्दीपलाई भिसा नदिएको विरोधमा शाहीले सडकमा युवा आन्दोलनको नेतृत्व गरेका थिए ।


प्रतिक्रिया