मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कारभित्र बोरामा लुकाएर राखेको १ करोड रूपैयाँको स्रोत खुलाउन नसकेपछि एक पक्राउ

कारभित्र बोरामा लुकाएर राखेको १ करोड रूपैयाँको स्रोत खुलाउन नसकेपछि एक पक्राउ

न्यूजस्टोरी

काठमाडौं । प्रहरीले सुनसरीबाट हुन्डीको आशंकामा एक करोड रुपैयाँ बरामद गरेको छ।

हरिनगर गाँउपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट बसन्तपुरको चेकप्वाइन्ट टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको हो। कारभित्र बोरामा लुकाएको अवस्थामा एक हजार दरका ९ हजार ७०० थान नोट ९९७ लाख० र ५०० दरका ८०० थान नोट (चार लाख) बरामद गरिएको सशस्त्र प्रहरीका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

रकमसँगै कार र चालक सोही स्थानका ३७ वर्षीय इसा अन्सारीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक सोधपुछमा उनले रकमको स्रोत खुलाउन नसकेको डीएसपी थापाले बताए।