मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश नामाकरणको विरोधमा ज्यान गुमाएका पदमबहादुरलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

कोशी प्रदेश नामाकरणको विरोधमा ज्यान गुमाएका पदमबहादुरलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

न्यूजस्टोरी

काठमाडौं,२४ चैत्र ।

सरकारले कोशी नामाकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।शुक्रवार सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । साथै मृतक लिम्बूका परिवारलाई राहत उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘कोशी नामाकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो । त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो । त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने र राहत उपलब्ध गराउने निर्णय भएको छ । नामाकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा भएको छ ।’

प्रवक्ता शर्माले नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको बताउनु भयो ।

गएको ५ गते कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भएका पदम लिम्बूको १० गते उपचारका क्रममा ज्यान गएको थियो । उहाँ कुमार लिङ्देन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर हुनुहुन्थ्यो ।