मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

ओलम्पियाकोसले जित्यो युरोपा कन्फेरेन्स लिगको उपाधि

न्यूजस्टोरी

काठमाडौँ । ग्रिसको क्लब ओलम्पियाकोसले यस सिजनको युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा ओलापियाकोसले इटालियन क्लब फ़िओरेन्टिनालाई १-० गोल अन्तरले पराजित गर्दै युरोपा कन्फेरेन्स लिगको उपाधि जितेको हो । निर्धारित ९० मिनेटमा दुवै टिम गोल रहित बराबरीमा रहेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ओलम्पियाकोसको जितमा खेलको ११६औ मिनेटमा आयुब अल काबीले निर्णायक गोल गरेका थिए ।

यो जितसँगै ओलम्पियाकोस कुनै पनि युरोपियन उपाधि जित्ने पहिलो क्लब बनेको छ ।