मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पतालमा नवजात शिशुको मृत्यु, स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप

अस्पतालमा नवजात शिशुको मृत्यु, स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप

न्यूजस्टोरी

काठमाडौँ । कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–७ की शारदा भट्टको नवजात शिशुको सेती अस्पतालमा मृत्यु भएको हो । भट्टलाई सेती प्रादेशिक अस्पतालमा मङ्गलवार साढे ८ बजे राति भर्ना गरिएको थियो। भट्टले शल्यक्रिया बिना छोरालाई जन्म दिएकी थिइन् । तर, राति पौने १ बजे उनको छोराको मृत्यु भएको अस्पतालले बताएको थियो । आफन्तहरूले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । बच्चाको स्वास्थ्य अवस्था राम्रो छ भनेको १० मिनेटमा मृत्युको खबर दिएको भट्टका आफन्तले बताएका छन् ।

अस्पतालमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । तर, अस्पतालले शिशुको मृत्यु हुनुको कारण खुलाएको छैन । सेती अस्पतालमा सो विषयमा बैठक हुने भएको छ । बैठकपछि मात्र नवजात शिशुको मृत्युको कारण अस्पतालले बनाउने सूचना अधिकारी किशोर श्रेष्ठले बताउनुभयो ।